सुनको मूल्यमा ५ सय रुपैयाँको गिरावट

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ। चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो।
आज चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो।
भदौ १, २०७९ बुधबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।