आजदेखि ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध, अटेर गरे कारबाही

काठमाडौं : सरकारले आजबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमो प्लास्टिक झोलामा प्रतिबन्ध लगाइएको जनाएको हो।
विभागले प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री-वितरण र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
विभागले जारी गरेको सूचनामा वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको नेपाल सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका साथ लागू गर्ने तयारी रहेको जनाइएको छ।
विभागले सबैले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री-वितरण तथा प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ।
भदौ १ बाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री-वितरण तथा प्रयोगको अवस्थालाई कडाइका साथ अनुगमन गरिने जनाइएको सूचनामा छ।
अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरीतका कार्य भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले बताएको छ।
भदौ १, २०७९ बुधबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।