
माओवादी केन्द्रको बैठकमा समाजवादी र एकता अभियानले राखेका सर्तबारे छलफल

काठमाडौं : सत्ता-गठबन्धनमध्येको एक दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका सर्तहरुबारे छलफल हुने एक नेताले बताए।
आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार पनि बसेको थियो। सो बैठकले बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिह्न दिएर चुनावमा जान दिने निर्णय गरेको थियो।
भदौ १, २०७९ बुधबार १०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।