आज कतै हल्का, कतै भारी वर्षाको सम्भावना

काठमाडौं : आज बिहानैदेखि देशका चार प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको हो।
प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
दिउँसो प्रदेश १ मा सामान्य बदली रहि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली हुनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
भदौ १, २०७९ बुधबार ०८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।