दिवसीय सिरिज : पाकिस्तानले नेदरल्याण्ड्सलाई १६ रनले हरायो

काठमाडौं : नेदरल्याण्डलाई १६ रनले हराउँदै पाकिस्तानले तीन खेलको एक दिवसीय सिरिजमा अग्रता लिएको छ।
पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्रै बनाउन सक्यो।
नेदरल्यान्ड्सका लागि स्कट एडवार्डले सर्वाधिक नटआउट ७१ रन बनाउँदा टम कुपर र बिक्रमजीत सिंहले समान ६५-६५ रन जोडे।
बलिङ्तर्फ पाकिस्तानका ह्यारिस रौफ र नशिम शाहले समान ३-३ विकेट लिए। मोहम्मद वासिम र मोहम्मद नजावले १-१ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ् गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१४ रन बनायो। उसका लागि फखर जमामले १ सय ९ रनको सतकीय इनिङ्स खेले। कप्तान बाबर आजमले ७४ रन रन जोड्दा शादब खानले नटआउट ४८ रन बनाए।
नेदरल्याण्ड्सका लागि लोगान भान बीक र बास डे लिडेले समान २-२ विकेट लिए। दोस्रो खेल भोलि हुनेछ।
भदौ १, २०७९ बुधबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।