प्रचण्डप्रति मेयर बालेनको आक्रोस

प्रचण्डप्रति मेयर बालेनको आक्रोस

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि आक्रोश व्यक्त गरेका छन्। ककनीको बाटो बिजोग बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको उनको आरोप छ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर बालेनले भनेका छन्, ‘श्रीमान् प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’

विकास आयोजनाहरू अलपत्र पार्ने ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएको भनेर विगतदेखि नै प्रचण्डको आलोचना हुने गरेको छ।

साउन ३१, २०७९ मंगलबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।