निहारिका राजपुत प्रकरणमा बलात्कारको आरोप लागेका व्यक्ति पक्राउ

काठमाडौं : निहारिका राजपुत प्रकरणमा बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठ पक्राउ परेका छन्। शिवराजलाई मंगलबार पक्राउ गरिएको डिआइजी टेकप्रसाद राईले बताएका छन्।
निहारिका नाबालिग हुँदा नै शिवराजले बलात्कार गरेको र बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो।
निहारिकाले आफ्नो बच्चा र शिवराजको डिएनए गर्नुपर्ने माग गर्दै अनसन बस्दै आएकी छन्।
उनले गत शुक्रबार राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास समेत गरेकी थिइन्।
निहारिकाले आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै न्यायको माग गर्दै आएकी छिन्।
साउन ३१, २०७९ मंगलबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।