भट्टराईको दावी- नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी गठबन्धनकै अंग भएको दावी गरेका छन्।
माओवादीको चुनाव चिह्न लिएर आगामी निर्वाचनमा भाग लिन लागेका भट्टराईले माओवादी केन्द्रसँगको छलफलपछि आफूहरू गठबन्धनमै रहेकाले सिट बाँडफाँडमा गठबन्धनको मापदण्डभित्रै पर्ने बताए।
'हामी गठबन्धनकै अंग हौं। कसैले गठबन्धनमा लिने वा नलिने भन्ने प्रश्न गर्नु नै बेकार छ,' उनले भने, ‘यसमा कसैलाई भ्रम नपरोस्।'
अहलेको अवस्थामा अलग-अलगभन्दा एक हुनुपर्ने अहिलेको आवश्यकता रहेकाले नयाँ आधारमा एकताबद्ध भएर जाने उनले बताए।
समाजवादीका अध्यक्ष भट्टराईले तत्काल माओवादीसँग चुनावी तालमेल गरेर अघि बढ्ने भए पनि चुनावपछि वृहत राजनीतिक ध्रुवीकरण हुने बताए।
‘अग्रगामी परिवर्तनका एजेण्डा बाँकी छन्। एक्लैएक्लै चुनाव लड्नुभन्दा मिलेर एक भएर जानुपर्ने आवश्यकता अनुसार तालमेल गरिएको हो,’ उनले भने।
साउन ३१, २०७९ मंगलबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।