कांग्रेस निर्वाचन आयोगमा दर्ता, माओवादी केन्द्र र नेपाल समाजवादीले संयुक्त दर्ता गराए

कांग्रेस निर्वाचन आयोगमा दर्ता, माओवादी केन्द्र र नेपाल समाजवादीले संयुक्त दर्ता गराए

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

दल दर्ता गर्न कांग्रेस उपसभापति धनराज गुरुङ नेतृत्वको टोली आयोग पुगेको थियो।

आयोग पुगेका गुरुङले आगामी निर्वाचनमा टिकट बाँड्दा न्यायोचित ढंगले बाँडिने बताएका छन्। कांग्रेस ठूलो र पुरानो दल भएकाले स्वभाविक रुपमा धेरैको दाबी रहे पनि सबैलाई समेटिने बताए।

 माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले भने संयुक्त रुपमा आयोगमा दल दर्ता गराएका छन्।

यी दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो। मंगलबार बिहान नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नबाट चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको थियो। 

साउन ३१, २०७९ मंगलबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।