फोहोर विसर्जनमा अवरोध गरेपछि प्रहरीद्वारा हवाई फायर

फोहोर विसर्जनमा अवरोध गरेपछि प्रहरीद्वारा हवाई फायर

काठमाडौं : काठमाडौंको फोहोर विसर्जन गर्न गएका गाडीलाई स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले हवाई फायर गरेको छ।

फोहोर बोकेर गएका गाडीहरु रोक्न स्थानीयले गुलेलीबाट ढुङ्गा हान्न थालेपछि बञ्चरेडाँडामा तनाव भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ। 

फोहोर फ्याल्न गएका गाडीलाई अवरोध नगर्न माइकिङ गरेपछि स्थानीयले सुरक्षाकर्मीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ। स्थानीयले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर गरिएको प्रहरीको भनाइ छ।

स्थानीयहरुले विभिन्न माग राखेर उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएपछि फोहोर बोकेका गाडीहरुको सुरक्षाका लागि प्रहरी खटाइएको थियो।
 

साउन ३१, २०७९ मंगलबार १६:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।