नेप्सेमा पहिरो, सेयरको मूल्य २५ अंकले घट्यो

नेप्सेमा पहिरो, सेयरको मूल्य २५ अंकले घट्यो

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य ६ मा ओर्लिएको छ। 

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ। 

कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। 

बैंकिङ तीन दशमलब ४२, व्यापार ३८ दशमलब शून्य एक, होटल तथा पर्यटन २४ दशमलब ३३, जलविद्युत् ७९ दशमलब दुई, वित्त ४७ दशमलब ८६, निर्जीवन बीमा एक सय  ४२ दशमलब शून्य एक, उत्पादन ९८ दशमलब ११, अन्य १० दशमलब ७६, लघुवित्त ५९ दशमलब ७१, जीवन बीमा ८६ दशमलब ५९, सामूहिक लगानी कोष शून्य दशमलब १३ र लगानी एक दशमलब शून्य एक अङ्कले ओरालो लागे। 

साउन ३१, २०७९ मंगलबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।