कांग्रेसमा १० जना महिला केन्द्रीय सदस्य मनोनित

कांग्रेसमा १० जना महिला केन्द्रीय सदस्य मनोनित

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेको छ। 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव (महोत्तरी), राधा घले (काठमाडौँ), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौँ) लाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

यसैगरी गोमा भट्टराई (झापा), गङ्गा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

सभापति देउवाले उनीहरुलाई पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

साउन ३१, २०७९ मंगलबार १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।