सुन तोलामा सात सय रुपैयाँले घट्यो

सुन तोलामा सात सय रुपैयाँले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य ९६ हजार २०० कायम भएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले कम भएको हो।

आज चाँदी तोलामा एक हजार २२० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

साउन ३१, २०७९ मंगलबार ११:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।