धादिङमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीप चालक र परिचालकको मृत्यु

धादिङमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीप चालक र परिचालकको मृत्यु

धादिङः गल्छी गाउँपालिका- ६ चिरौदी पुलमा गए राति भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ। जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका- १ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश-०१-०२५च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो।

साउन ३१, २०७९ मंगलबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।