जुम्लामा एक हजार ९२७ मतदाता थपिए

जुम्लामा एक हजार ९२७ मतदाता थपिए

काठमाडौंः आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जुम्लामा एक हजार ९२७ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार निर्वाचन आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलनअन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट ८८४, ईलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट ४९० र जिल्ला निर्वाचन कार्यालयबाट ५२६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन्।

यही साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन बन्द भएको थियो। यस अवधिमा ३० जनाले मतदाता नामावलीमा आफ्नो नाम सच्याएका छन् भने ३१ जनाले मतदाता नामावली सारेका छन्। 

गतको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार ७४४ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

साउन ३१, २०७९ मंगलबार ०७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।