फिफाले निलम्बन गर्‍यो भारतलाई

फिफाले निलम्बन गर्‍यो भारतलाई

एजेन्सीः फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई निलम्बन गरेको छ। मङ्गलबार अल इण्डिया फुटबल फेडेरेशन (एआईएफएफ)लाई फिफाले निलम्बन गरेको हो।

भारतको फुटबल संघमा तेस्रो पक्ष हावी भएको र फुटबलका गतिविधि प्रभावित पारेको भन्दै तत्काल लागू हुनेगरी फिफाले निलम्बन गर्ने निर्णय गरेको हो।

योसँगै भारतमा हुने भनिएको फिफा यू-१७ महिला विश्वकप पनि अनिश्चित भएको छ। फिफाका अनुसार प्रतियोगिताको भविष्य छिटै तय गरिनेछ भने आवश्यक परेमा ब्यूरो अफ काउन्सिलमा पनि पठाउन सकिनेछ।

गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफ विघटन गरेपछि विवाद चुलिएको थियो। अब एआईएफएफले आफ्नै कमिटीबाट कार्यसम्पादन सुरु नगरेसम्म कारबाही फुकुवा नहुने फिफाले जनाएको छ।

साउन ३१, २०७९ मंगलबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।