चुनावी गठबन्धनका लागि निर्णय गर्ने जिम्मा लिङ्देनलाई

काठमाडौं : राप्रपाले चुनावी गठबन्धन लागि आवश्यक निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।
पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी गर्न लिङ्देनलाई जिम्मेवारी दिएको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले ‘अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गर्ने’ निर्णय बैठकले गरेको बताए।
चुनावका लागि घोषणापत्र तयार गर्न गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, जयन्तनाथ खनाल र हेमराज कार्की रहेको समिति समेत गठन भएको छ।
साउन ३०, २०७९ सोमबार २०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।