फोहोर व्यवस्थापनमा सत्ताधारीदेखि विपक्षीसम्मको असहयोग : मेयर बालेन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा सत्ताधारीदेखि विपक्षी दलसम्मले असहयोग गरेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गर्ने र विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि त्यसलाई साथ दिएको देखिएको उल्लेख गरेका छन्।
'राज्यले दुई दशकदेखि पाँच अर्ब बढी खर्च गरेर बनाएको ल्याण्डफिल्डमा फोहोर लैजान माथापच्ची हुनुमा गहिरो कारण छ,' उनले लेखेका छन्,' 'विगतदेखि नै केही गल्ती भएको छ। अब हामीहरु विगत दोहोर्याएर अपराध गर्दैनौं।'
सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको उनको भनाइ छ।
‘आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो,’ उनले भनेका छन्, ‘त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन। सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा छ।’
साउन ३०, २०७९ सोमबार २०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।