आज ८ सय ८८ कोरोना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घन्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ७ सात सय ३७ परीक्षणमध्ये ८ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ। यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन्।
यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। अहिलेसम्म ११ हजार ९ सय ८९ जनाको सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै होम आइसोलेसनमा पाँच हजार एक सय ८८, संस्थागत आइसोलेसनमा एक सय ९९, सघन उपचार कक्ष (आइसियु)मा ६४ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ।
साउन ३०, २०७९ सोमबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।