सभापति हारेका नेता शेखर कोइरालको आसन जनप्रतिनिधिको बीचमा

काठमाडौं : पार्टीको १४औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि कांग्रेस नेता शेखर कोइरालाको हैसियत दोस्रो वरियतामा हुनुपर्ने, नभए पदाधिकारीपछि भए पनि हुनुपर्ने भनेर पहिलो केन्द्रीय समति बैठकमा विवाद भयो। २०औं वरियतामा रहेका कोइराला अहिले इतर पक्षको नेतृत्व गर्छन्।
सोमबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पार्टीबाट जितेका स्थानीय जनप्रतिनिधिको लागि दुई दिवसीय अभिमुखीकरण कार्यक्रममा कोइराला उद्घाटन सत्रको मध्यतिर पुगे।
उनी पुग्दा कार्यक्रमका सभापति (पार्टी उपसभापति) धनराज गुरुङले मन्तव्य सकेका थिए। प्रमुख अतिथि शेरबहादुर देउवाले भाषण सुरु गर्न लागेका थिए।
उनी कार्यक्रममा पुगेको कुरा शीर्ष नेतालाई थाहा हुने कुरै भएन। कोइराला पुगेपछि मध्य भागमा एक जनप्रतिनिधिले कुर्सी छाडिदिए। उनी त्यहीँ बसे। देउवाको लिखित भाषण सकिएसँगै उद्घाटन सत्र सकियो। शीर्ष नेताहरु बाहिरिए।
शेखरलाई समर्थकहरुले फोटो सेसनको लागि घेरे। केही थान फोटो खिचाए। सञ्चार माध्यमका केही जिज्ञासामा छोटो प्रतिक्रिया जनाउँदै कोइराला कार्यक्रम स्थलबाट बाहिरिए।
मञ्च सानो भएकाले आसन थिएन। पार्टी पदाधिकारीको आसन मञ्च अगाडि पहिलो लरहमा थियो। पूर्व पदाधिकारी दोस्रो लहरमा थिए। मध्य समयमा पुगेर होला कोइराला अगाडि गएनन् र हलको ढोका अगाडिको कुर्सीमा बसे।
साउन ३०, २०७९ सोमबार १६:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।