गोसाइँकुण्डको भेटी तीन लाख २२ हजार

काठमाडौंः जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी सार्वजनिक गरिएको छ। पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्याइ गणनापश्चात् सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालयको रोहवरमा गरिएको गणनाबाट रु तीन लाख २२ हजार ११५ सङ्कलन भएको समितिका अध्यक्ष संञ्जिव डिएमले जानकारी दिए।
गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको बताइएको छ।
साउन ३०, २०७९ सोमबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।