धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा सुनिल थापाको दावी

धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा सुनिल थापाको दावी

काठमाडौंः पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले धनकुटाबाट प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पनि दावेदारी रहने बताएका छन्। एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको धनकुटामा यसअघिको निर्वाचनमा उनी एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए।

आज नेपाली कांग्रेसको स्थानीय जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रममा उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।

उनले भने, '०७४ सालको परिस्थिति र अहिलेको मतभारलाई लिने भएपछि अहिले स्थानीय तहको निर्वाचनमा दुई वटा नगरपालिका र दुई वटा गाउँपालिका जितेको अवस्था र अहिलेको मतभार २९ हजार भएकाले स्वतः नेपाली कांग्रेसले पाउँछ भन्ने एउटा आधार पनि छ। कांग्रेसले पाउँदा मेरो पनि दावी रहन्छ।' 

साउन ३०, २०७९ सोमबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।