धनराज गुरुङले कांग्रेस सभापति सुशील कोइराला भनेपछि...

धनराज गुरुङले कांग्रेस सभापति सुशील कोइराला भनेपछि...

काठमाडौंः नेपाली कांग्रेसले आज स्थानीय जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा हुँदै गरेको कार्यक्रममा पार्टीका शीर्ष नेताहरू पनि उपस्थित छन्।

पार्टीको नीति तथा अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर खड्का भने अस्वस्थताले अनुपस्थित छन्। 

कार्यक्रमको सभापतित्व पार्टी उपसभापति धनराज गुरुङले गरिरहेका छन्। उनको सम्बोधनको पालो आयो। उनी झुक्किए। आफूसँगै पार्टीको सभापति निर्वाचित भएका शेरबहादुर देउवालाई उनले बिर्सिए। सम्बोधनका क्रममा उनले 'नेपाली कांग्रेसका श्रद्धेय सभापति तथा प्रधानमन्त्री श्रद्धेय सुशील काेइराला ज्यू...' भने।

अनि लगत्तै आफूलाई सच्याउँदै 'ए' भनेर 'शेरबहादुर देउवा ज्यू' भने।

साउन ३०, २०७९ सोमबार १३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।