कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

काठमाडौंः नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाट्न गर्नेछन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुँदैछ।

कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगर प्रमुख १४१, उपप्रमुख ११०, गाउँपालिका अध्यक्ष १८८, उपाध्यक्ष १९० लाई निमन्त्रणा गरिएको छ। यसबाहेक कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको पनि उपस्थिति रहने पार्टी कार्यलयले जनाएको छ।

कार्यक्रमको पहिलो दिन आज उद्घाटनपछि संविधान, स्थानीय तह, राजश्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञ काशिराज दाहाल, जगदिश भट्टराई, डा विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन्।

यसैगरी दास्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पार्टीका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, प्रवक्ता डा. प्रकाशशरण महतले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ।  

साउन ३०, २०७९ सोमबार ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।