दुई बाघ जुधेपछि घाइते बाघले चितवन राष्ट्रिय निकुञ्जको तीन घडीयाल गोही खायो

चितवनः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको चितवनमा यो पहिलो घटना हो।
दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन् केन्द्रमा रहेका गोही खाएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले सिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन् केन्द्र छिरेको हो। उनका अनुसार बाघले अन्दाजी १२ वर्षका भाले गोही खाएको हो।
गोही खाएपछि बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ। सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन् केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए।
साउन ३०, २०७९ सोमबार ११:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।