प्राध्यापक नयराज पन्तले फेल गराएको विद्यार्थी त्रिविले उत्तिर्ण गराएपछि... (पन्तले पठाएको पत्रसहित)

काठमाडौं: त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले मोटो रकम घुस खुवाएपछि गोल्ड मेडालिस्ट नै बनाइदिने गरेको तथ्य खुलेको भर्खरै दुई वर्ष मात्रै पुगेको छ।
सबै विषयमा फेल भएका सुरेन्द्रप्रसाद कोइरालाले अर्थशास्त्र विषयको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउने गरी गोप्य शाखाका कर्मचारी रामु कर्माचार्यलाई १ लाख ५० हजार घुस खुवाएका थिए।
कोइरालाले यसरी नै घुस दिएर एमए अर्थशास्त्र, समाजशास्त्र तथा ग्रामीण विकासका १५ विषयमा ३ देखि ५० नम्बर थप्न लगाएर कुल २ सय २४ अंक थप गर्न लगाएका थिए। सर्वोच्चको फैसलापछि अहिले उनी कारगारमा छन्। तर, यो घटना उजागर भएपछि पनि त्रिविको नियति भने सुध्रेको देखिँदैन।
स्नातक तह बीबीए छैटौं सेमेस्टरको केही दिनअघि भएको परीक्षाको प्रश्नपत्र एक निजी कलेजले लिएको प्रश्नपत्रसँग हुबहु मिलेपछि त्रिविले पुनः परीक्षा लिएको थियो। तर कसरी लापरबाही भयो? न त व्यवस्थापनको डिन कार्यालयले छानविन ग¥यो न त त्रिवि पदाधिकारीले नै सिरियस रुपमा लिए।
यति मात्र होइन, एउटै प्रश्न २८ पटक सारेर उत्तीर्ण गराइदिने तत्कालीन गणित विभाग प्रमुख चेतराज भट्ट लगायतले त अहिले विशेष अदालतबाट समेत सफाइ पाइसकेका छन्।
विद्यार्थी संगठनले चिट चोराउने परीक्षा हल चलिरहेको बेला अनुगमन गर्न बसेका शिक्षकलाई धम्क्याएर चोराएको प्रशस्तै देखिन्छ।
यी त केही उदाहरण हुन्, त्रिभुवन विश्वविद्यालयका बेथितिका। त्रिविको शैक्षिक गुणस्तर आज आएर खस्केको होइन। इतिहासको पाना पल्टाउने हो भने प्राध्यापकले अनुत्तीर्ण गराएपछि त्रिवि प्रशासनले पास गराएका उदाहरण समेत भेटिन्छ त्रिविमा।
वि.सं. २०२३ सालमा प्राध्यापक नयराज पन्तले जाँचेको उत्तरपुस्तिकामा दुई विद्यार्थी अनुत्तीर्ण भएका थिए। त्रिविले भने उक्त विद्यार्थीलाई नम्बर थपेर उत्तीर्ण गराएको थियो। त्यसपछि भने प्राध्यापक पन्तले आफूहरुले कपी नजाँच्ने त्रिविलाई बताएका थिए।
यो पनि,
'अवैध असुलीको लाइसेन्स' बन्दै विद्यार्थी नेताको परिचयपत्र
पन्तका छोरा इतिहासकार दिनेशराज पन्त विगत सम्झँदै भन्छन्, ‘बुबालाई परीक्षावापत भनेर पारिश्रामिक पनि पठाइएको थियो। उहाँले अनुत्तीर्ण गरेको विद्यार्थी उत्तीर्ण भएछन्, त्यसपछि बुबाले उत्तरपुस्तिका जाँच गर्नु भएन,’ उनले भने।
विद्यार्थी संगठनले चिट चोराउने परीक्षा हल चलिरहेको बेला अनुगमन गर्न बसेका शिक्षकलाई धम्क्याएर चोराएको प्रशस्तै देखिन्छ। शैक्षिक गुणस्तरको ओठे मुद्दा उठाउनुभन्दा पढाउनदेखि प्रश्नपत्र बनाउँदा र परीक्षा लिँदा कडाइ गरे विश्वविद्यालयको शिक्षा नसुध्रिने भन्ने हुँदैन। कति प्राध्यापक होलान् अनुत्तीर्ण भएका विद्यार्थीलाई उत्तीर्ण गराउँदा त्रिविलाई पत्र पठाउने?
पन्तले त्रिविका कुल सचिवलाई पठाएको पत्र
त्रि. वि. वि. का कुल सचिवज्यूलाई पत्र
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारभ्यू,
श्रीमानको ०२५।३।७ को पत्र पाएँ। मैले वि.सं. २०२३ को परीक्षाको काम गरेबापत पारिश्रमिक पाएको रहेछु।
म अहिले ५५ वर्ष पुग्न लागें। आफ्नो २२ वर्षको उमेर वि.सं. १९९२ देखि प्राप्तिक तथा परीक्षक भई म काम गर्न लागेको हूँ। त्रिभुवन विश्वविद्यालयमा पनि वि.सं. २०१९ देखि आयोजक प्राश्निक परीक्षक मई मैले काम गरेको हुँ। मैले गरेको परीक्षाफल कहीं विपरीत भएको थिएन।
वि.सं. २०२३ मा पनि त्रि.वि.वि. को ज्योतिष विषयको म आयोजक प्राश्निक तया परीक्षक पनि थिएँ। आचार्य प्रथम वर्षका १ जना परीक्षार्थीको अरुले नै दिएको अङ्कमा १ अङ्क नपुग्दा श्रीमान्को कार्यालयले आयोजकको हैसियतले मसँग सल्लाह मागेथ्यो।
आचार्य तृतीय वर्षका ४ पत्रमध्ये १ पत्रको म नै प्राश्निक तथा परीक्षक थिएँ। २ जना परीक्षार्थी थिए। ती दुवै निकै अङ्क नपुगी अनुत्तीर्ण भएका थिए। ती दुवैका अङ्क अहिले पनि मसँग सुरक्षित छन्। परन्तु आश्चर्य छ, ती दुवै उत्तीर्ण भए। एक जना प्रथम श्रेणीमा निस्के। आयोजक प्राश्निक तथा परीक्षक भएको मसँग कुनै सोधपूछ गरिएन। त्यस विषयमा शङ्का उठेको भए जसरी प्रश्न संशोधन मण्डलमा १ जनाको मात्र विश्वास नहुने हुनाले दुई जनाबाट काम लिइन्छ, त्यसैगरी त्यस विषयमा पनि अरू अरू विशेषज्ञलाई बोलाई मलाई पनि राखी अरू पनि बसी छलफल गराएको भए हुन्थ्यो कुनै कुरो भएन; खालि भित्रभित्र गामगुम भएछ।
महानुपयोगिता वर्तते जस्ता प्रथम परीक्षाका विद्यार्थीले लेखे पनि अङ्क काटिने वाक्य आचार्यको उत्तरपत्रमा लेख्ने मानिस प्रथम श्रेणीमा निस्के। परीक्षाफल निस्केको भोलिपल्ट मैले श्रीमानकहाँ यस विषयमा लिखित उजूरी पेश गरेको हुँ। अझै पनि दाबीका साथ भन्दछु, उत्तरपत्र ल्याई विशेषज्ञ बोलाई जाँच होस्; मैले अनुचित गरेको ठहरे कडाकडा सजाय भोग्न म तयार छु।
उत्तरपत्रमा रहेका अशुद्धिमा मैले चिह्न लाइदिएको छु। ती अशुद्ध होइनन् भनी कसैले सिद्ध गरिदिन्छ भने म कडासेकडा सजाय भोग्न सधैं तयार छु।
त्यस किसिमका अशुद्ध उत्तर लेखने मनुष्य पनि आचार्यमा उत्तीर्ण हुन लागेपछि केही कालमा नेपालमा शुद्ध संस्कृत लेख्न सक्ने तथा पाठयग्रन्थको अर्थ गर्न सक्ने मनुष्यको अभाव हुनेछ भन्ने कुरामा केही पनि शङ्का छैन। यस कारण जानाजान विद्याको नाश गर्ने काममा छिन म चाहन्नँ। यस कारण त्रिभुवन विश्वविद्यालयको परीक्षक हुनु म आफूलाई कलङ्कित भएको सम्झन्छु। यस कारण यो दुर्घटना भएपछि त्यस विश्वविद्यालयले परीक्षावापत म पठाएको रुपियाँ लिन म असमर्थ छु। यस कारण नं. के. ०९५४०५ को चेक र नं. के. ०६७१६३ को चेकसमेत गरी त्यस विश्वविद्यालयले मलाई दिएको ‘वासको चेक यान बुद्द फिर्ता पठाएको छु। रु. १५० एक सय पचासको चेक थान दुई फिर्ता पठाएको छु।’
झर्छन् निर्भर अधर्म, बहुते छिटो छरितो गरी,
उत्रन्छन् गमसाथ धर्म, बहँदै गम्भीर धारासरी।
जस्तो होस् पहिलो प्रकाश यिनको, चाँडो ढिलो आखिर,
फुर्छन् स्वर्णमय ध्वजा विजयका, सद्धर्मकै खातिर।।
–आदर्शरावव
भवदीय
२०२५।३।१३
नयराज पन्त
ऐतिहासिक जर्नल पूर्णिमाबाट साभार
साउन ३०, २०७९ सोमबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।