माओवादी स्थायी कमिटी बैठक बस्दै, निर्वाचन तयारी र नागरिकता विधेयकमाथि छलफल हुने

काठमाडौंः माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ।
बैठकमा मुख्यतः मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीबारे छलफल हुनेछ। यस्तै राष्ट्रपतिले प्रमाणीकरण नगरी संसद्मा फर्काएको नागरिकता विधेयकबारे पनि छलफल हुने बताइएको छ।
यसका साथै लामो समयदेखि थाति रहेको पदाधिकारी चयन र अन्य कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।
यस्तै आगामी निर्वाचनमा बाबुराम भट्टराई नेतृत्त्वको नेपाल समाजवादी पार्टी पनि माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसिँया हथौडाबाट चुनाव लड्ने मौखिक सहमति भएको सन्दर्भमा पनि छलफल हुनेछ।
साउन ३०, २०७९ सोमबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।