आजबाट दराजमल फेस्ट सुरु, सात हजारसम्मको भाउचर पाइने

आजबाट दराजमल फेस्ट सुरु, सात हजारसम्मको भाउचर पाइने

काठमाडौंः अनलाइन शपिङ एप दराजले आजबाट दराजमल फेस्ट सुरु हुने घोषणा गरेको छ। यसअन्तर्गत दराजले ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने जनाएको छ।

फेस्टको मुख्य विशेषताहरूमा 'एड टु कार्ट एण्ड विन', रु ७००० सम्मको भाउचरहरू, 'ब्रान्ड अफ द डे', 'फ्ल्यास सेल', 'शेक शेक' र 'वाल अफ फेम' रहेको छ।

दराजले यो फेस्ट अद्भूत मूल्यमा आफ्नो मनपर्ने ब्राण्डहरू खरिद गर्ने सुनौलो अवसर रहेको जनाएको छ।

ग्राहकहरूले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गर्दा थप १५% रु ७५० सम्म छुट पाउन सक्छन्।

यस्तै भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १०% (अधिकतम रु. ५०० सम्म) को अतिरिक्त प्रिपेमेन्ट छुट प्राप्त गर्न सक्छन्।

त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १०% अधिकतम रु ३५० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरअन्तर्गत ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डमा थप छुटहरू प्राप्त हुने दराजले जनाएको छ।

अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ। उदाहरणका लागि, आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६०%सम्म छुट दिनेछ, एर्कले आफ्ना सबै उत्पादनहरूमा १०% सम्म छुट र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५% सम्म छुट उपलब्ध गराउनेछ।

साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु.२००को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन्।

साउन ३०, २०७९ सोमबार ०९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।