लुटेराहरूको समूहले रुपन्देहीको ओमसतियामा गोली चलाउँदा विकास गुरुङ घाइते

बुटवलः रुपन्देहीको ओमसतिया गाउँपालिकामा गोली चलेको छ। लुटपाट मच्चाएर आएको अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका- १ बेलहिया बस्ने विकास गुरुङ घाइते भएका छन्।
त्यो समूहले रोहिणी गाँउपालिका- १ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरेर फर्किएका थिए। प्रत्यक्षदर्शीका अनुसार ओमसतियाको वसन्तपुर वडा कार्यालयअगाडि जम्काभेट भएपछि गुरुङमाथि पनि लुटपाट गर्न उनीहरूले गोली प्रहार गरेका थिए।
लुटेराहरूले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ।
घाइते गुरुङको उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने तथा लुटपाट मच्चाउने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।
साउन ३०, २०७९ सोमबार ०७:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।