पोखरामा लागुऔषध सहित तीन जना पक्राउ

पोखरा : पोखरामा लागुऔषध सहित तीन जना पक्राउ परेका छन्। पोखरा भित्रिने नाकाका रुपमा रहेको तल्लो गगनगौंडा पावरहाउस चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नारायणगढबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबसलाई चेकजाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई ठूलो परिमाणमको लागुऔषध सहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार लागुऔषध सहित पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका –६ बस्ने वर्ष २० का प्रहलाद लोहार, पर्वत मोदी गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा– १० बस्ने वर्ष २६ का सविन केसी र पोखरा–१४ चाउथे बस्ने वर्ष ३२ का भुषण मिजारलाई प्रहरीले पक्रेको हो।
प्रहरीले उनीहरुको साथबाट २ सय एम्पुल, फेनेरागन, २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाइजिपाम गरी जम्मा– ६०० एम्पुल फेला पारेको थियो।
पक्राउ परेका तीन जनलाई जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
साउन २९, २०७९ आइतबार २१:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।