ट्होटे पर्वमा पोखरा महानगरले दियो विद्यालय बिदा

पोखरा : पोखरा महानगरपालिकाले गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा महानगरभित्र सञ्चालित विद्यालयहरूमा बिदा दिएको छ।
साउन ३१ गते मंगलबार महानगरभित्र सञ्चालनमा रहेका सामुदायिक, संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा महानगरले स्थानीय बिदा दिएको हो।
वर्षभरि विद्यालयले आफैंले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा मिलाइएको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए।
गुरुङ समुदायले साउन महिनाको अन्तिम मंगलबार र चैत महिनाको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे मनाउने गरेका छन्। यसलाई उभौलीका रूपमा मनाउने गरिएको छ।
ट्होटेमा पछिल्लो समय गुरुङ मात्र नभई आदिवासी जनजाति मगर, किराँत, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि सहभागी हुँदै आएका छन्।
साउन २९, २०७९ आइतबार १९:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।