विवेकशील साझाको अन्तरिम अध्यक्षमा समीक्षा बास्कोटा र संयोजकका सन्जीव भट्टराई चयन

विवेकशील साझाको अन्तरिम अध्यक्षमा समीक्षा बास्कोटा र संयोजकका सन्जीव भट्टराई चयन

काठमाडौं : विवेकशील साझाको अन्तरिम अध्यक्षमा समीक्षा बास्कोटा र संयोजकका सन्जीव भट्टराई चयन भएका छन्।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएकाले नयाँ नेतृत्व चयन छिटो गर्न दबाब भएकाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकको बहुमतले पार्टीको अन्तरिम नेतृत्व चयन गरेको एक नेताले जानकारी दिए।

ती नेताका अनुसार ११३ जना केन्द्रीय सदस्यमध्ये ८३ जनाले आजको निर्णय गरेको हो। यो प्रक्रियामा काम-कारबाहीमा परेको मिलन पाण्डे समूह भने सामेल छैन। अर्को बैठकबाट पाण्डे समूह माथिको काम-कारबाही फुकुवा गर्ने ती सदस्यले जानकारी दिए।

साउन २९, २०७९ आइतबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।