दुई विषयमा तत्काल कदम चाल्न सरकारलाई सत्ता-गठबन्धनको सुझाव

दुई विषयमा तत्काल कदम चाल्न सरकारलाई सत्ता-गठबन्धनको सुझाव

काठमाडौं : सत्ता-गठबन्धनको बैठकले सार्वजनिक सरोकारका दुई विषयमा तत्काल कदम चाल्न सरकारलाई सुझाव दिएको छ।

आज बसेको बैठकले महँगी नियन्त्रण गर्न र काठमाडौंका फोहोर व्यवस्थापनका लागि अग्रसर हुन सरकारलाई आग्रह गर्ने निर्णय भएको गठबन्धनका नेता तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए।

'आजको बैठकले दुई वटा विषयमा मात्र निर्णय गरेको छ,' उनले भने, 'महँगी नियन्त्रण र काठमाडौंको फोहोर व्यवस्थापन गर्न अग्रसरताका लागि सरकारलाई आग्रह गर्ने निर्णय भएको छ।'

साउन २९, २०७९ आइतबार १९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।