सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल गर्न सत्ता गठबन्धन  दलका शीर्ष नेताको बैठक बस्दै छ।

अपराह्न ४ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक बस्ने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।

पाँचदलीय गठबन्धनमा सिट बाँडफाँडको मोडालिटी तयार पार्न कार्यदल बनाइएको छ। कार्यदलको यसअघि दुई पटक बैठक बसेर सिट बाँडफाँडका विषयमा छलफल भएको थियो। शीर्ष नेता नहार्ने र पहिले जितेको ठाउँमा सो दलको दाबी रहने गरी छलफल भएको छ।

साउन २९, २०७९ आइतबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।