बहिनीसँग प्रेम गरेको भन्दै अपहरण गरी हत्या, दुई जना पक्राउ 

बहिनीसँग प्रेम गरेको भन्दै  अपहरण गरी हत्या, दुई जना पक्राउ 

काठमाडौं : बहिनीसँग प्रेम सम्बन्ध राखेको भन्दै एक जनाको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दाजुभाइलाई पक्राउ गरेको छ। 

बाराको विश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र उनका दाजु ३० वर्षीय प्रितम पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो।

उनीहरुविरुद्ध अपरहण, शरीर बन्धक र कर्तव्य ज्यानको कसूरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

साउन २४ गते राति ९ बजेतिर विश्रामपुर–५ इटियाहीका २३ वर्षीय राजकुमार ठाकुर ट्युसन पढ्न गएका बेला अपहरणमा परेका थिए। वीरगञ्जको नगवातर्फ साइकलमा गएका बेला उनी सम्पर्कविहीन भएपछि आफन्तले प्रहरीकोमा खबर गरेका थिए।

त्यसपछि अनुसन्धान सुरु गरेको प्रहरीले ठाकुर अपहरणमा परेको तथ्य भेट्टाएको थियो। 

ठाकुरको पटेलका बहिनीसँग प्रेम सम्बन्ध रहेको शंकामा अपहरण गरी हत्या गरिएको खुलेको पर्सा प्रहरीले जनाएको छ।

साउन २९, २०७९ आइतबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।