इष्टर्न हाईड्रोपावरले ६ लाख २० हजार कित्ता आईपीओ खुला गर्ने

इष्टर्न हाईड्रोपावरले ६ लाख २० हजार कित्ता आईपीओ खुला गर्ने

काठमाडौंः इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीयका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आगामी भदौ ७ गतेदेखि रु ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गर्ने भएको हो।

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै एनएमबी बैंकको भोजपुर शाखा, ग्लोबल आईएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी–बी प्लस आईएस’ रेटिङ प्रदान गरेको छ।

साउन २९, २०७९ आइतबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।