ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट दुई महिला र एक पुरुष पक्राउ

काठमाडौंः लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागूऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीया जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीया मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन २९, २०७९ आइतबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।