एमाले सचेतकको आंकलन: संसदीय निर्वाचनमा एमालेको ३९ सिट

एमाले सचेतकको आंकलन: संसदीय निर्वाचनमा एमालेको ३९ सिट

काठमाडौँ : गत संसदीय निर्वाचनमा एक्लै ८० सिट जितेको एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा एमाले ३९ सिट जित्ने दाबी गरे।

एमालेविरुद्ध अहिले सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन्। भट्टराईको दाबी अनुसार पनि एमाले आगामी निर्वाचनमा समानुपातिकसहित ८० सिट हाराहारीमा पुग्ने देखिन्छ।

शनिवार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले सबै दल मिले पनि एमालेले ३९ सिट जित्ने र ७० सिटमा कडा प्रतिस्पर्धा हुने आङ्कलन गरेका थिए।

‘सबै दल मिले पनि १६५ क्षेत्रमध्ये ३९ सिटमा एमाले जित्छ। ७० सिटमा कडा प्रतिस्पर्धा हुन्छ,’ उनले भने' प्रतिस्पर्धा रहेको ७० क्षेत्रमा चुनावी माहौल बनाउन प्रयास थालिएको छ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले चुनावलाई प्रतिस्पर्धाबाट दुस्मनीतिर लैजाने प्रयास गरेको बताएका थिए। उनले लोकतन्त्रमा प्रतिस्पर्धा हुने तर कांग्रेसले अन्य दलसँग मिलेर दुस्मनी बनाउन खोजेको दाबी गरेका थिए।

साउन २८, २०७९ शनिबार २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।