मिटरब्याजीविरुद्द देशव्यापी अध्ययन गर्दै गृह, पीडितले सिडिओ कार्यालयमा उजुरी दिन सक्ने

मिटरब्याजीविरुद्द देशव्यापी अध्ययन गर्दै गृह, पीडितले सिडिओ कार्यालयमा उजुरी दिन सक्ने

काठमाडौँ : मिटरब्याजी विरुद्ध अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले पीडितलाई प्रमाणसहित उजुरी गर्न सूचना निकालेको छ। भदौ ५ भित्र प्रमाणसहित उजुरीका लागि कार्यदलले आग्रह गरेको हो।

मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि  आर्थिक शोषण गरेको भन्दै नवलपरासीका स्थानीय काठमाडौँ आएर धर्नामा बसेका छन्।

आर्थिक अपराधीहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहे पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको भन्दै उजुरी मागेको हो।

गृहमन्त्री स्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न बनेको कार्यदलले नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौँ माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको समूहसँग छलफल गरेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले छलफल गृहको थियो।

मिटर ब्याजको समस्या नवलपरासीमा मात्र नभै तराईका अधिकांश जिल्लामा रहेको गुनासो प्राप्त भएको भए पनि देशैभरि मिटरब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी मिटर ब्याज पीडित व्यक्तिहरूबाट मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आ-आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न आग्रह गरिएको छ।

साउन २८, २०७९ शनिबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।