दुई सय ६३ कोरोना सङ्क्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौँ : स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीन हजार १ सय ६५ जनाको कोरोना परीक्षण गर्दा २ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा एक हजार ३ सय ९९ जनाको पिसिआर र एक हजार ७ सय ६६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यसमा १ सय ६२ जनाको पिसिआर र १ सय १ जनाको एन्टिजेन विधिबाट सङ्क्रमण देखाएको हो। योसँगै देशभर पाँच हजार ४३४ जना सक्रिय सङ्क्रमित छन्।
शनिवार ५०१ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।
साउन २८, २०७९ शनिबार १६:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।