प्रहरीको गाडी दुर्घटना हुँदा डीएसपीसहित पाँच घाइते, उद्धारका लागि हेलिकप्टर मगाइयो

रुकुम(पूर्व): नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा डीएसपीसहित पाँच जना घाइते भएका छन्। सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो।
गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टीकासाई घर्तीले जानकारी दिए।
गाडीमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए।
सशस्त्रका डीएसपी श्रेष्ठसहित अन्य पाँच जना घाइते भएका छन्। घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ।
प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए।
साउन २८, २०७९ शनिबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।