त्रिशूली नदीमा ट्रक खसेर पूर्णरूपमा डुब्यो

त्रिशूली नदीमा ट्रक खसेर पूर्णरूपमा डुब्यो
फाइल तस्बिर

काठमाडौंः पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला छेउमा इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो।

मुग्लिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भई खसेको हो। ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ। घटनाको थप जानकारी आउन बाँकी छ।

साउन २८, २०७९ शनिबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।