गोसाइँकुण्डमा लेक लागेर बेहोस भएका तीन तीर्थयात्रीको उद्धार

काठमाडौँ : रसुवाको गोसाईंकुण्ड तीर्थबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन तीर्थयात्रीको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
नुवाकोट ककनी गाउँपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी लेक लागेर बेहोस भएका थिए।
सोबारे जानकारी प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरूको बाटोमै स्वास्थ्यमा सुधार आएको थियो। उनीहरू स्वस्थ भएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ सशस्त्र समाचार कक्षले जानकारी दिएको छ।
साउन २८, २०७९ शनिबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।