वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

पर्साः वीरगञ्ज महानगरपालिका- १५ भेडियाही टासफर्ममा गए राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा चालक वीरगञ्ज महानगरपालिका- १६ नगवाका २४ वर्षीय रितिक पटेल र पछाडि सवार सोही स्थानका २५ वर्षीय फिरोज मियाँ रहेका छन्।
दुवै घाइतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये पटेलको अवस्था भने गम्भीर रहेको छ।
बाराबाट भेडियाहीतर्फ आँउदै गरेको ना६३प ६५१८ नम्बरको मोटरसाइकल गए राति साढे १२ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।
साउन २८, २०७९ शनिबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।