अघिल्लो पटक 'बलोन डि ओर' जितेका मेस्सी यसपटक मनोनयनमै परेनन्

एजेन्सीः लियोनल मेस्सी यस वर्षको 'बलोन डि ओर'को मनोनयनमा पर्न असफल भएका छन्। वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई दिइने यस उपाधि गत वर्ष भने मेस्सीले जितेका थिए।
आज सार्वजनिक भएको अन्तिम ३० को मनोनयन सूचीमा मेस्सी अटाएनन्। यो सूचीमा ब्राजिलियन स्टार खेलाडी नेयमार पनि छैनन्।
सन् २००६ देखि मेस्सी लगातार मनोनयनमा पर्दै आएका थिए। गत वर्ष उनले अभूतपूर्वरूपमा सातौँ पटक उपाधि जितेका थिए।
यस पटक उपाधिको दावेदार फ्रान्सका करिम बेञ्जिमालाई मानिएको छ।
उपाधिको घोषणा १७ अक्टोबरमा हुनेछ।
मनोनयनमा किलियन एम्बापे, क्रिस्टियानो रोनाल्डो, ह्यारी केन, रोबर्ट लेवाण्डोस्की, मोहम्मद सलाह लगायत अटाएका छन्।
साउन २८, २०७९ शनिबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।