कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ९:३० मा पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।
आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने सङ्गठन सुदृढीकरण अभियानका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा पनि छलफल हुने बताइएको छ।
साउन २८, २०७९ शनिबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।