श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

पर्साः श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्‌लाई शुक्रबार पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ।

गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो। मृत्यु भएको बेला प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ।

साउन २८, २०७९ शनिबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।