विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि आक्रमण, हेलिकप्टरमा लगियो अस्पताल

विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि आक्रमण, हेलिकप्टरमा लगियो अस्पताल

एजेन्सी : विश्व प्रसिद्ध लेखक सलमान रुस्दीमाथि आक्रमण भएको छ। न्युयोर्कमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी भएका उनलाई दर्शकदिर्घाबाट आएका व्यक्तिले आक्रमण गरेका हुन्।

आक्रमणमा उनलाई कुन तहको चोट लागेको छ खुलेको छैन। उनको हातमा रगत देखिएको थियो। आक्रमण लगत्तै उनलाई हेलिकप्टरबाट उपचारका लागि लगिएको थियो। उनको अवस्थाबारे केही सार्वजनिक भएको छैन।

उनलाई पटक-पटक हत्याको धम्की आइरहेको थियो। कट्टर इस्लामिकहरूले उनको नाममा फतवा नै जारी गरेको थियो। 

साउन २७, २०७९ शुक्रबार २२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।