ट्रक र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः कपिलवस्तुको मायादेवी गाँउपालिका- १ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका- ३ करुवानीका ४० वर्षीय उमाशंकर यादव रहेका छन्।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राति पौने १२ बजे यादवको मृत्यु भएको हो।
भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु१ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु७६प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ।
साउन २७, २०७९ शुक्रबार १०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।