पाल्पामा पोखरीमा डुबेर एक जनाको मृत्यु

पाल्पामा पोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौंः पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१ मा पौडी खेल्ने क्रममा डुबेर गए राति एक जनाको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो।

मामाघरनजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए।

बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो। उनको जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साउन २७, २०७९ शुक्रबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।